Top

नारा : स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन

Mail :
info@vethospalpa.gov.np
Call Us :
+977-075-520145
कार्यालय परिचय >हाम्रा बारेमा >कार्यालय परिचय

नेपालको संविधान, २०७२ ले परिकल्पना गरे बमोजिम नेपालले पूर्ण संघीयताको ढाँचा अवलम्बन गरी संविधानको धारा ५६ बमोजिम ३ तहका सरकार गठन हुने व्यवस्था गरेको छ। केन्द्रमा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय तहका स्थानीय सरकारको व्यवस्था गरि तीनै तहका सरकारको अधिकार, कर्त्तव्य र कार्य पद्धतिको समेत व्यवस्था नेपालको संविधान, २०७२ मा उल्लेख भएको छ। सोही अनुसार लुम्बिनी प्रदेशमा भूमि व्यवस्था, कृषि, पशुपन्छी तथा मत्स्य र सहकारी क्षेत्र हेर्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गत पाल्पा जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना भएको छ। प्रदेश सरकार मातहत यो कार्यालय जिल्ला स्तरमा पशुपन्छी तथा मत्स्य क्षेत्रको एक मात्र सरकारी प्राविधिक निकाय (Governmental technical entity) को रुपमा रहेको छ।

वि.सं. २०२०/०६/२० गते पशु चिकित्सालयको नामवाट यस कार्यालयको स्थापना भएको थियो। वि.सं २०२७ सालमा नेपाल भारत सहयोग अन्तर्गत कार्यालय भवनको निर्माण भयो। वि.सं २०३७/०४/०५ गते देखि श्री ५ को सरकार र स्वीस जर्मन सरकारको संयूक्त सहयोगमा तिनाउ जलाधार आयोजना मार्फत कार्यालय भवन र अधिकृत निवास भवनहरुको निर्माण भयो।

यस जिल्लामा ति.ज.यो. लागु हुदा ता.न.पा. १० धुवाघाटमा स्थापना भएको डालेघाँस नर्सरी आ.व. २०३७/०३८ देखि यस कार्यालयलाई हस्तान्तरण गरेपछि यसै कार्यालय मार्फत हालसम्म पनि संचालन भैरहेको छ। करिव ३२ रोपनी क्षेत्रफल ओगटेको उक्त नर्सरीबाट विभिन्न उन्नत भुई घाँस तथा डाले घाँसका वेर्नाहरु, नेपियर सेट्स आदि विक्री वितरण गरिदै आएको छ।

यसरी पशु चिकित्सालय शाखाबाट पशु विकास सम्बन्धी प्रचारप्रसार कार्यक्रमलाई व्यापक बनाउने उद्देश्यले यस कार्यालयको नाम पशु विकास तथा पशु स्वास्थ्य राखियो। उक्त नामलाई पछि आएर जिल्ला पशु सेवा शाखा र त्यसपछि जिल्ला पशु सेवा कार्यालय नामाकरण गरियो।देशमा संघियता स्थापना पछि पाल्पा र गुल्मी जिल्ला कार्यक्षेत्र रहने गरी २०७५ साल भदौ २४ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पामा स्थापना भएको हो।

 

 

हाम्रो लक्ष्य

  • स्वच्छ एवम् गुणस्तरीय पशुपन्छी तथा मत्स्यजन्य उत्पादनमा जिल्लालार्इ आत्मनिर्भर बनार्इ खाद्य तथा पोषण सुरक्षामा सहयोग गर्ने।
  • पशुपन्छी तथा मत्स्य पालनलाई आधुनिकिकरण र व्यवसायीकरण गरी उच्च र फराकिलो आर्थिक वृद्धिदर हाँसिल गर्ने।
  • पशुपन्छीपालन तथा मत्स्यपालन व्यवसायलाई प्रतिस्पर्धि वनाई पशुपन्छी र मत्स्यजन्य पर्दाथमा प्रदेशलाई आत्मानिर्भर वनाई निर्यात प्रर्वद्धन गर्ने।

उद्देश्य

  • पशुपन्छी तथा मत्स्य क्षेत्रलाई आधुनिकिकरण र व्यवसायीकरण गरी खाद्य र पोषण सुरक्षा गर्दै उद्योग प्रवर्द्धन गरी निर्यात गर्ने अवस्था सिर्जना गर्ने।
  • एकिकृत रुपमा पशु सेवा र पशु स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह सुनिश्चित गरी बृहत्तर उत्पादन क्षेत्र बनाउने।
  • एकल महिला, जनजाति, आदिबासी, दलित लगायत पिछडिएको समुदायमा लक्षित पशुपन्छी तथा मत्स्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने
  • चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व बढाउने।
  • “One Health Approach” मा आधारित वातावरण विकास तथा पशुपन्छी रोग न्यूनीकरण गर्ने
  • स्थानीय र रैथाने जातका कृषि तथा पशुपन्छीहरुको संरक्षण र प्रवर्द्धन गरी जैविक विविधताको संरक्षण एवं उपयोग गर्ने।
  • कृषकहरुको जिवनस्तर सुधार गर्न पशुपन्छी तथा मत्स्य पालन मार्फत रोजगारी प्रर्वद्धन गर्ने,
  • पोषण तथा खाद्य सुरक्षाको प्रत्याभुति दिलाउने तथा प्रदेशको गरिवीको सख्या उल्लेख्य मात्रामा घटाउने।
  • जिल्लामा पशु चिकित्सा सेवा संचालन तथा नियमन गर्ने।
  • पशुपन्छीपालनमा प्रयोग हुने उत्पादन सामग्रीहरु (औषधी, जैविक पदार्थ, हर्मोन, विषादी), पशु पोल्ट्री ह्याचरी लगायत पशुजन्य उद्योगको प्रचलित कानून बमोजिम गुणस्तर नियमन गर्ने।
  • पशुपन्छीजन्य महामारी एवं प्रकोप लगायतका बिपद् व्यवस्थापन गर्ने।
  • महामारी, बिपद् व्यवस्थापन र रोग नियन्त्रणका लागि आवश्यक औषधी, खोप तथा नियन्त्रण उपकरण/सामग्रीको बफर स्टक (मौज्दात) व्यवस्थापनका लागि समन्वय गर्ने
  • मत्स्य रोग नियन्त्रण सम्बन्धी कार्य गर्ने
  • पशु कल्याण सम्बन्धी आवश्यक कार्य गर्ने।

संगठनात्मक संरचना

प्रदेश सरकार

लुम्बिनी प्रदेश

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पा

 

समाचार